Thursday, October 1, 2015

घुंघटो भित्रको कथा ।

बजारको सबैभन्दा महगों साडी
मेरो लागि किनिएछ,
किनकि देख्नुछ यो समाजलाई,
फेरी घुंघटो भित्र सजिएकि
एक सजीव चित्रको कथा,
लेख्नुछ यो समाजलाई,
फेरी घुंघटो भित्र बांधिएकि
एक लाचार पवित्र को कथा।

हे ईश्वर, तिम्रो यो कस्तो न्याय,
मैले संसार देख्नुछ
तर घुंघटोभित्र बसेर,
आरक्षणमा पाएका सरकारी जागिर खानुछ
तर घुघंटोलाई सम्हालेर,
पतिलाई रिझाउनछ
तर घुंघटोलाई मानेर,
घरलाई स्वर्ग बनाउन छ
तर घुंघटो नउठाएर,
किनकी सुनाउनेछ यो समाजले,
फेरी घुंघटो भित्र जीवन बनाएकी
अर्की विचित्रको कथा।

हो म पापिनी हुं,
मारेकी छु मैले म भित्रको मेरै रुपलाई,
खुशी छु म उसको मृत्युमा,
बग्ने आंसुलाई म सम्झाउंदैछु,
मृत्यु संगै पाएको, उनको स्वतन्त्रको कथा,
घुंघटोबाट मुक्त भई, नलेखि च्यातिएका पत्रको कथा,
सजीवबाट निर्जीव भएकी, उही पवित्रको कथा,
घुंघटोबाट मुक्त भएकी, मेरी मित्रको कथा।








1 comment: