छचल्किने यी आंसु,
रसाउने यी आंखा,
जब परेलीहरुले छोप्छन्,
अनि पुग्छ मस्तिष्क,
तिम्रो शहर।
जहां आग्मनका हरेक पाइलामा
स्वागत हुन्छ,
जहां बित्ने हर क्षणमा,
समर्पण हुन्छ,
जहां महसुस गर्छु
"रानी हुं म यस शहरकी"
किनकी यो शहर हो,
तिम्रो शहर।
![]() |
Image credit: https://feroce.wordpress.com/author/puuch/page/11/ |
हो त्यही शहर,
केवल तिम्रो शहर,
जहां आभाष गरें,
म रानी होइन,
यात्री रहिछु,
म आफ्नी होइन्,
पराई रहिछु,
म बासिन्दा होइन,
पाहुना रहिछु,
म सर्वोपरि होइन,
आगन्तुक रहिछु,
अनि हुन्छ चसक्क मुटु
जब सत्यसंग सामना गर्छु,
रमाउने त्यो मुटुलाई,
म असत्यसंग परिचिय गर्न बाध्य हुन्छु,
र सम्झाउंछु,
क्षण भरको अन्धकार हो,
आखिर फेरी उज्यालो हुनेछ,
र यात्राको अन्त्य बन्नेछ,
त्यही शहर,
तिम्रो शहर।
बुझ्न सकिनछु,
आखिर त्यो राम्रो स्वप्न मात्र रहेछ,
सम्झिन सकिनछु,
आखिर म त्यस शहरकी यात्री रहिछु,
स्वप्न को जीवन हुदैन,
यात्रीको ठहर हुदैन,
अनि विछोडमा विचल्ली हुन्छ,
फेरी पुग्न खोज्छ मन,
त्यही स्वप्न शहर,
मेरो भावको रहर,
यात्री मुटुको ठहर,
तिम्रो शहर।
यात्रीको ठहर हुदैन,
अनि विछोडमा विचल्ली हुन्छ,
फेरी पुग्न खोज्छ मन,
त्यही स्वप्न शहर,
मेरो भावको रहर,
यात्री मुटुको ठहर,
तिम्रो शहर।
Heart Touching..
ReplyDeleteKeep it up Promisha!!
Thnx !
DeleteThnx :)
ReplyDelete