छुटाएं ती नाताहरु
टुटाएं ती सपनाहरु,
पुछें ती आंसुहरु
मेटे ती यादहरु
निभाएं ती आशहरु,
बटुल्दै, जम्मा गरें
एकमुठ्ठी आत्मविश्वास,
चिरें अन्धकार र लागें
एउटा नयां लक्ष्यको खोज्मा,
जब आंसुको मोल रहेन।
सम्झांए त्यो नयनलाई,
त्यो सपना मात्र हो भन्दै,
सुरु गरें, नयां बाटो
हिड्दै, आफ्ना पाइला गन्दै,
खोजें यो मौनताबीच
आशाका स्वरहरु,
हराए, अन्धकारमय दिनहरु
ती अतीतका यादहरु,
जब आंशुको मोल रहेन।
आखिर, क्षणभरको मात्र जीवन
आंसु पिएरै कति बांच्नु,
भक्कानिएको मुटु
त्यहां माया कसरी सांच्नु,
म बाध्य भएं
नयां भविष्य रोज्न
नयां संसार खोज्न,
यी अनमोल भनाउंदा,
जब आंसुको मोल रहेन।
No comments:
Post a Comment