Sunday, September 30, 2018

एउटा सत्य





उता तिम्रो विदेश यात्रा, यता मेरो बलात्कृत शरीर
उता तिम्रो डलरको आगमन, यता मेरो दहकिएको मुटु
कहिले म नारी भएको नाममा,
कहिले म अशक्त भएको समयमा,
कहीं मेरो गरिबी को आडमा,
कहिले देशमा भुकम्प गएको सालमा,
तिमी अरबौं डलर को व्यापार गर,
म संधै बलात्कृत भइरहने छु,
आखिर तिम्रो पेट पाल्न,
तिम्रा सन्तान विदेश पठाउन,
चुनावको बेला दुइ छाक खाएर,
मैले तिमीलाई जुन मत दिए,
त्यस्का लागि मेरो शरीर बलि चढ्नै पर्छ,
मेरो आसुं बेचिनै पर्छ।

तिम्रो युरोप भ्रमणको लागि,
मेरो गरिबी बेचिनै पर्छ,
तिम्रो पेरिसको सपिंगको लागि,
म अशक्त हुनै पर्छ,
तिम्रो अगाडी पछाडी रक्षक हुन,
म भोकै सुत्नै पर्छ,
भो भयो नगर आब न्यायका भाषण,
तिमीले सत्ता बचाईराख्न,
मैले अन्याय सहनैपर्छ।

No comments:

Post a Comment