Thursday, June 22, 2017

नयन कथा








आफ्नो मुहार खोज्छू, ती नयनमा
तर भेट्दिन।
आफ्ना आकार खोज्छू, त्यो मुटुमा
अहं भेट्दिन।
आफ्नो संसार खोज्छु, त्यो हृदयमा
कठै! भेट्दिन।
आफ्नै संस्कार खोज्छु, ती छविमा
कतै भेट्दिन।


अनि फर्किन्छु, आफ्नै एकान्तमा,
छुट्टै संसार बनाउन,
एक्लै रमाउन,
मुटुको भारी फुकाउन,
तिम्रा लागि सजाएका, सपनाको संसार चुडाउन ।


1 comment: